१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संघद्धारा नयाँ निर्णय । विभिन्न पदमा मनोनित । बन्द हुदै आएको मंगलबार भाद्र १९ गते देखि खुला हुने ।


५ भाद्र २०७५ मंगलबार ००:००  

0
Shares

मायादेवी अनलाईन
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको नियमति वैठक संघको कार्यालय चारनम्बरमा मंगलबार सम्पन्न भएको छ । संघको सम्पन्न वैठकले विभिन्न पदमा मनोनित, महोत्सवको संचालन तयारी, भवन निर्माणको समिक्षा, संस्थागत उपलब्धी र भावी योजनाको विषयमा विविध निर्णय गरेको छ । जस अन्तरगत कपिलवस्तु उद्योग वाणिज्य संघको उपाध्यक्ष पदमा २ जनालाई मनोनित गरेको छ । संघको एशोसियट्स उपाध्यक्ष तर्फ टोपनारायण भण्डारी र बस्तुगत तर्फको उपाध्यक्षमा नारायण खनाललाई मनोनित गरिएको हो । यसअघि संघको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले विधान संशोधन गरी दुई उपाध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको थियो । त्यस्तै संघको सल्लाहकारमा समाजसेवी खोम बहादुर सिंह (शक्ति ठकुरी) लाई मनोनित गरिएको छ भने २७ जनालाई मानार्थ सदस्यमा मनोनित गरिएको संघका महासचिव लक्ष्मण अधिकारीले बताउनुभयो । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरेर प्रत्येक मंगलबार संघले बन्द गर्दै आएको बजारलाई खुला राख्ने निर्णय गरेको छ । भाद्र १९ गते मंगलबार देखि संघको कार्यक्षेत्र भित्रका बजार खुला रहने बताइएको छ । वैठकमा संघका अध्यक्ष उमानाथ पौडेलले १० औं कपिलवस्तु महोत्सवलाई प्रदेश स्तरको पहिचान दिने गरी योजना अघि बढाइएको जानकारी दिनुभयो । अध्यक्ष पौडेलका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न निकायमा कपिलवस्तु महोत्सवको पहिचान र प्रवर्धनका लागि समन्वय भईरहेको बताउनुभयो । संघका कोषाध्यक्ष मोहन न्यौपानले संघको आर्थिक पारदर्शीतालाई उच्च प्राथमिकताका साथ आफुले संस्थागत विकासमा जोड दिएको बताउनुभयो । संघका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले संघको नवनिर्मित भवनको प्रगति सुनाउदै हालसम्म सहयोग गर्नुहुने सहयोगी व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिदै भवन निर्माणमा विभिन्न निकायसंग समन्वय गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०७५ मंगलबार ००:००  २ : २१ बजे