१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौरीपालनबाट बार्षिक २ लाखभन्दा बढी कमाई



बिकास थापा, कपिलवस्तु ।
कुनै बेला आफ्नो घर चलाउन मुस्किल परेर वैदेशिक रोजगारीको शिलशिलामा भारतबसी १ सातामै नेपाल आउनुभएका बाणगंगा नगरपालिका वडा नम्बर ५ का एक किसानले मौरीपालनबाट अहिले बार्षिक २ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनु भएको छ । उमेरले ६६ बर्ष नाघि सक्नुभएका तेजलाल पोख्रेलले मौरीपालबाट बार्षिक रुपमा २ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनु भएको हो ।
२०६९ सालबाट व्यवसायिक रुपमै मौरीपालन सुरु गर्नुभएका पोख्रेल अहिले उद्यमी मात्र बन्नुभएको छैन् वार्षिक लाखौँ रुपैयाँ आम्दानी पनि गरिरहनुभको छ ।

सुरुमा ९ हजारबाट मौरी पाल्न सुरु गर्नुभएका पोख्रेल अहिले बाणगंगा नगर कै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित हुनुहुन्छ । ३ वटा मौरीको घार ल्याएर मौरी पाल्न सुरु गर्नुभएका पोख्रेलले र अहिले ६८ वटा घारमा मौरी रहेको बताउँनुहुन्छ । उहाले हालै नेपाल सरकार कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयद्धारा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मौरी फार्म पकेट बिकास कार्यक्रम मार्फत नगरबाट २ लाख २५ हजार रकम अनुदान पनि पाउनुभएको थियो ।

उहाँले अनुदानको रुपमा पाएको रकमबाट अहिले २२ वटा मौरीका घार खरिद गरि ६८ वटा घार पु¥याउनुभएको हो । वर्षको ४ सिजनमा मह काट्दा उहाले १५ क्युन्टल मह उत्पादन गर्न सफल हुनु भएको छ । आफुले गरेको ब्यवसायमा सफलता मिल्दै जादा अहिले पोख्रेलको मनमा शान्ति र अनुहारमा कान्ति छाएको छ । मौसमले साथ दिए यो बर्षको सिजनमा बार्षिक रुपमा ४ लाख सम्म आम्दानी हुने अपेक्षा उहाँको छ । घरमा उत्पादन भएको मह खरिद गर्नका लागि ग्राहकहरु घरमै आउने गरेका छन ।

मौरीपालन किसान पोख्रेलले आगामी बर्ष बैदेशिक रोजगारीको शिलशिलामा बिदेश रहेका आफ्ना दुई छोराहरुलाई स्वदेशमा फिर्ता गर्ने योजना बनाउनुभएको छ । अब छोराहरुलाई पनि यहि व्यवसायिमा लगाउने उहाँको सोच छ । अब मौरीका घारलाई ५ सय देखी १ हजारसम्म पु¥याई गाउँका केही बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य उहाँको छ ।

आफ्नो परिश्रम अनुसार आम्दानी राम्रो हुँदै गएपछि उहाँ अहिले आफनो ब्यवसाय प्रति खुशी हुनुहुन्छ । मौरीपालन पेशा झन्झटिलो नभएको र आम्दानी पनि राम्रै हुने भएकाले यो ब्यबसाय प्रति आफु थप आकर्षित भएको उहाँ बताउनुहुन्छ । मौरीलाई किन्न नपर्ने हुनाले यस व्यवसायलाई राम्रो सँग चिन्न सके युवा पुस्ताहरु विदेश जान नपर्ने गरी यहि मनग्य आम्दानी लिन सकिने पोख्रेलको दाबी छ ।
पोख्रेल एक अनुभबी र दक्ष किसान हुनुहुन्छ । अहिलेसम्म धेरै प्रकारका तालिम पनि लिनुभएको छ । उहाँ मौरी पालन ब्यवसायमा मात्र आबद्ध हुनुहुन्न । उहाले तरकारी खेतीका साथै पशुपालनबाट पनि राम्रो आम्दानी गर्दै आउनुभभएको छ ।

तरकारी खेतीका रुपमा आलु खेती र पशुपालनका रुपमा गाई पालन पनि संग संगै सञ्चालन गरिरहनुभएको छ । पोख्रेलले तीन वटा जर्सि गाई पालेर मासिक रुपमा १८ हजार बराबरको आम्दानी गरिरहनुभएको छ । साथमा तरकारी खेतीका रुपमा आलु खेतबाट बार्षिक रुपमा १ लाख सम्म आम्दानी गर्दै आनुभएको छ ।

गाईका लागि केही जग्गामा घाँस पनि लगाउनुभएको छ । आफ्ना सबै काममा परिबारको पनि राम्रो साथ मिलेको छ । पोख्रेलले गाउँका केही स्थानीयलाई पनि मौरी पालन कसरी गर्नेबारे सल्लाह सुझाब दिदै आउनुभएको छ र केहीले त सल्लाह सुझाब मार्फत नै गाउँमा मौरी पालन सुरु गर्न लागेका पनि छन ।

पछिल्लो समय बजारमा भित्रिएका गुणस्तरहीन महले गर्दा आफ्नै गाउँघरमा उत्पादन भएको महलाई बिक्रि वितरण गर्न कठिनाई भएको उहाँले गुनासो पोख्नुभयो । स्थानीय सरकारले पनि यसमा बिशेष ध्यानदिनु पर्ने माग उहाँको छ ।

कामको खोजीमा बिदेश पलायन हुने युवाका लागि कृषक पोख्रेल एक शशक्त उदाहरणको पात्र बन्नुभएको छ । पोख्रल जस्तो निरन्तर रुपमा मिहिनेत र परिश्रम आफनै गाउँघरमा गर्ने हो भने स्वादेश मै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो पात्रको रुपमा पोख्रेल उभिनुभएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५ बुधबार ००:००  ७ : १६ बजे