४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

यस्तो छ इदको महत्व, कपिलवस्तुमा यसरी मनाइयो बकर ईद (फोटो फिचर)



इमरान, खान ।
बकर इद अर्थात (कुर्बानी) इस्लामिक क्यालेन्डर अनुसार १२ औ महिना (जिलहिज्जा) को चाद देखिए पछि १० औ दिनमा इस्लाम धर्मालम्बीहरुले मनाउने पर्वलाई अरबी भाषामा इद उल अदहा उर्दुमा ‘बकर इद’ र समान्य तया सबैले बुझ्ने भासामा कुर्बानी भन्ने गरिन्छ । यसपाली यो पर्व नेपाली पात्रो अनुसार यहि भदौ ६ गते बुधबार परेको छ । यो पर्व मुस्लिम समुदायको इद उलफित्र पछिको दोस्रो महान चाडपर्वको रुपमा मनाउने गर्दछन । यो महान चाड पर्व तीनदिन सम्म धुमधामका साथ मनाउने गरिन्छ ।

यो तीन दिनमा एक आपसमा, आफ्ना इस्ट मित्र, आफन्त बीच आर्शिवाद, स्नेह, माया तथा शुभकामना आदानप्रदान गरिन्छ । इस्लाम धर्म ग्रन्थ अनुसार अल्लाहताआलाले आफ्नो दुत हजरत इब्राहिम अलैहिस्सलाम संग पहिलो सपनामा बलि (कुर्बानी) माग्दा सुरुमा एउटा दुम्बा (भेडा) को बलि (कुर्बानी) दिए फेरि अर्को दिन सपनामा बलि (कुर्बानी) माग्दा दोस्रो दिन सय ओटा उटको बलि (कुर्बानी) दिए त्यस पछि तेस्रो दिन सपनामा उठ मेरो लागि तिम्रो सबै भन्दा प्यारो बस्तुको बलि (कुर्बानी) देउ भन्ने आदेश पाए पछि हजरत इब्राहिम अलैहिस्सलामले आफ्नो सुपुत्र हजरत इस्माइल अलैहिस्सलामको बलि (कुर्वानी) दिन समेत तत्परता देखाएको हुदा त्येसै दिनको सम्झना र उहाको बलि (कुर्वानी) को सम्मान स्वरुप प्रत्येक बर्ष जो संग साढे साततोला सुन वा साढे बाउन्न तोला चादीवा सो बराबरको मालिक छ त्यस्ता ब्यक्तिले कुर्बानी दिनु अनिबार्य छ ।


उक्त दिन बिहानै नुहाएर नयाँनयाँ कपडा लगाएर मस्जिदमा गएर नमाज अदा गरि सके पछि आफ्नो आफ्नो मन पर्ने जनावर जस्तै रागो, भैंसी, खसी, बाख्रा, भेडा माबलि (कुर्वानी) दिने गरिन्छ । यो बलि (कुर्वानी) दिएको गोस्त (मासु) लाई तीन भागमा बिभाजन गरिन्छ । पहिलो भाग आफू लाई दोस्रो भाग आफन्तलाई र तेस्रो भाग गरिब, अनाथ, असहायको लागि छुट्टाउने हजरत मौलाना अली हसन निजामी ले बताए ।
त्यस्तै गरि आज कपिलवस्तुमा ईदुलअजाह (बकरिद) को उपलक्ष्यमा बाम सरकारका सांसद बृजेश कुमार गुप्ता, भारतका भुतपूर्व राजदुत एव्म नेपाली काग्रेंशका नेता दिपकुमार उपाध्याय तथा प्रदेश सांसदहरु ईदगाहमा पुगि सम्पुर्ण मुस्लिम समुदायहरुलाई बकरइदको शुभकामना दिनु भएको थियो ।


यस्तै नेपाल सरकारले मुस्लिमहरुको महान चाडपर्बहरुको बिदा कटौती गरेकोमा विरोध जनाएका छन । यद्यपि ५ नं. प्रदेशले आज सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५ बुधबार ००:००  ७ : ५९ बजे