४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रतिष्ठानको तीज बिशेष कार्यक्रमको तयारी तिब्र



थानेश्वर अधिकारी, कपिलवस्तु ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुको आठौं साधारण सभा तथा तिज बिशेष कार्यक्रम यही भाद्र ९ गते बैरियामा हुने भएको छ ।
अग्रजको सम्मान, नवप्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ बिगत ८ बर्ष देखी कपिलवस्तुमा स्थापना भएको सो संस्थामा हाल १००५ जना सदस्य रहेका छन् । सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा २३ सदस्यिय मुल आयोजक कमिटी गठन गरिएको प्रथम उपाध्यक्ष सुर्य चुदाँलीले जानकारी दिनु भएको छ ।
सो अवसरमा कपिलवस्तु जिल्लामा रहेर लोक संस्कृतिको संरक्षण तथा संबद्र्धन गर्ने अग्रज तथा कलाकारहरुलाई सम्मान समेत गरिने भएको छ । सो कार्यक्रममा प्रतिष्ठानका प्रदेश इन्चार्ज तथा लोक दोहोरी गायक लक्ष्मण खड्का, चर्चित लोक दोहोरी गायक नविन पौडेल, प्रतिष्ठान केन्द्रिय प्रचण्ड जि.सी., नारायण लेकाली, डिल्लिनारायण पाण्डेय, नारायण बि.पि. परियार, मालती खरेल, बिधान कार्की, शिलु भट्राई, सपना गाहा, दिपक गरौजा, प्रिया भण्डारी, जिवन परियार, पुर्णचन्द्र परियार,लालमणी भुसाल, दिपक भण्डारी, शिव खनाल, बिमल गैरे, रविन परियार,चर्चित मोडल सुमन पौडेल, कविता खनाल, मिसन भुसाल, शारदा खनाल, लक्ष्मी रेग्मी, मोडल असिम क्षेत्री,टुक संगित,हेमराज नेपाली, जुना मगर, भुवनेश्वर अधिकारी, पुजा पौडेल, केशव घिमिरे, लगायत कलाकारहरुको प्रस्तुती रहने प्रतिष्ठान अञ्चल कमिटी सह कोषाध्यक्ष पुर्णचन्द्र परियारले जानकारी दिनुभएको ।
साथै सो कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुलाई सहयोग गर्ने अग्रज कलाकार र सहयोगी निकायहरुलाई सम्मान समेत गरिने भएको छ । साथै सोही अवसरमा बाणगंगा नगरपालिकाको बैरियामा रहेको ब्लु हेबन कटेज तथा फेमली रेष्टुरेष्टको उद्घाटन समेत गरिने भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७५ शनिबार ००:००  १ : ०५ बजे