८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ब्यापार संघ कपिलबस्तुले पाँचौं चन्द्रौटा महोत्सव लगाउने, सार्वजनिक भयो मिति



गीता पौडेल, चन्द्रौटा ।
कपिलबस्तुको चन्द्रौटामा यस वर्ष ब्यापार संघ कपिलबस्तुको आयोजनामा महोत्सव हुने भएको छ । ब्यापार संघ कपिलबस्तुले २०७५ साल मंसिर ६ गते देखि १७ सत्र गते सम्म पांचौं चन्द्रौटा महोत्सव लगाउने भएको छ ।
शनिबार चन्द्रौटामा पत्रकार सम्मेलन गरि यस वर्ष ब्यापार संघले अंगुवाइमा महोत्सव लगाउने जानकारी दिइएको थियो ।
यस क्षेत्रमा रहेका पर्यटकीय स्थल र धार्मीक स्थलहरुको प्रयापत मात्रामा प्रचार प्रसार हुन नसकेको र यस क्षेत्रमा हुने उत्पादनजन्य कृषि तथा अन्य उद्योगहरुको बिकासमा सकरात्मक प्रभावका पार्दै प्रचार प्रसारको माध्यमबाट टेवा पु¥याउनका लागि बिगतका वर्षहरुबाट यसको थालनी गरेको र यस वर्ष ब्यापार संघ कपिलबस्तुले अंगुवाई गरे पनि उद्योग बाणिज्य संघ तथा अन्य यस क्षेत्रमा कृयाशिल सरकारी तथा गैर सरकारी संघसंस्था लगायत चन्द्रौटा वासीले सहयोग पुराउने ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेलले बिश्वास ब्यक्त गर्नु भएको छ ।
कार्यक्रम ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेब पोखरेलको अध्यक्षतामा महासचिव जगत पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७५ शनिबार ००:००  १ : २९ बजे