१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेल्टा कपिलवस्तुको अध्यक्षमा गोविन्द प्रसाद खनाल चयन



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल अँग्रेजी भाषा शिक्षकहरुको साझा संगठन (नेल्टा) कपिलवस्तुको प्रथम जिल्ला साधारण सभा तथा अधिवेशन सिद्धार्थ क्याम्पस वाणगंगामा सम्पन्न भएको छ । प्रथम अधिवेशनले गोविन्द प्रसाद खनालको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा भरतराज न्यौपाने, सचिवमा गोविन्द पोख्रेल, कोषाध्यक्षमा नानुमाया बराल, सदस्य सचिवमा विजय प्रकाश चौवे, सदस्यहरुमा सुनिता कडेल, घनश्याम गैरे, चिन्तामणी अधिकारी, श्रीधर आचार्य, गोपाल पाठक, विकास श्रेष्ठ, कृष्णकला क्षेत्री र यादव पोख्रेल रहेका छन् ।
नेल्टा कपिलवस्तुका जिल्ला अध्यक्ष गोविन्द प्रसाद खनालको अध्यक्षता तथा वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशिक्षक नेल्टाका केन्द्रिय सदस्य होमराज खड्का, नेल्टा प्रदेश ५ का महासचिव कृष्ण प्रसाद भट्टराई, प्यावसन जिल्ला सचिव सुन्दर पाण्डे, नेल्टा दांगका उपाध्यक्ष तुलसीराम डाँगी, नेल्टा बाँकेका मन बहादुर खड्का, प्यावसन वाणगंगाका संयोजक रोमकान्त घिमिरे, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य लगाएतले नयाँ नेतृत्व बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुले नेल्टा कपिलवस्तुले संचालन गर्ने विपन्न वर्ग लक्षित अँग्रेजी भाषा शिक्षण (एक्सेस) कार्यक्रमलाई नगरपालिकाको तर्फबाट आवश्यक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७५ शनिबार ००:००  ५ : १० बजे