१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डुंगा दुर्घटनामा हराईरहेका २२ जना सम्पर्कमा, अरुको खोजी चल्दै



रौतहट ।
लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेका मध्ये २२ जना सम्पर्कमा आएका छन् । ६ जनाको खोजी भैरहेको छ ।

डुंगामा रहेका गौर नगरपालिका–४ का डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिकाको औरहीका त्रिभूवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र अर्का एक जना हराइरहेका परिवारले बताएका छन् । उनीहरुको रातभरी नै खोजी भएको छ ।

शनिबार बेलुकीपख टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा ठोक्किएर डुंगा पल्टिएको स्थानीयबासिन्दाको अनुमान छ । त्यो ठाउँमा गएको ३ वर्ष अघिदेखि पक्की पुल निर्माण भइरहेको छ ।

डुंगा चालकले नदीको बीच भागमा केही चिजमा डुंगा ठोक्किएपछि पल्टिएको बताएको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

घटनास्थलमा खटिएका एसपी केदार ढकालका अनुसार डुंगामा सवार यात्रुहरु भारतीय क्षेत्रतिर रहेको खेत बारीमा काम गर्न गएका र फर्कने क्रममा दुर्घटना भएको हो । नेपाल र भारतको सीमाक्षेत्रमा दुर्घटना भएकाले दुवैतर्फका सुरक्षाकर्मीको समन्वयमा खोजी तथा उद्धारको काम भैरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७५ आइतबार ००:००  १ : ३७ बजे