१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बर्षातको बेला भलवाडबासीलाई सधै पीडा


१० भाद्र २०७५ आइतबार ००:००  

0
Shares

बाबुराम रायमाझी, भलवाड ।

बाणगंगा नगरपालिकाको २ वटा वडा जोड्ने कोइली नदीमा आएको बाढिले आवात जावतमा समस्या परेको छ । वाणगंगा नगरपालिकाको वडा नम्बर ९ र ७ को सिमानामा अवस्थित कोइली नदीमा आएको बाढिले आवातजावत ठप्प भएको स्थानीयले बताएका छन् । जिल्ला बिकास समिति कपिलवस्तुले विश्व बैंकको सहयोगमा २०५६ सालमा बनाएको सामान्य कजवे पुलमा नदीको सतह पुरीदै जाँदा ठुलो पानी पर्नासाथ आवात जावतमा बन्द हुने गरेको छ ।
वर्षातको समयमा उक्त नदीमा कजवे माथिबाट पानी बग्ने हुँदा आवात जावत बन्द हुने र वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । नदीको सतह पुरीदै जाँदा वर्षातको बेला स–सानो पानी पर्दा पनि आवात जावत गर्न समस्या हुने गरेको स्थानीय समाजसेवी तथा पूर्व जिविस सदस्य विन्द्र बहादुर गुरुङ्गले बताउनु भयो ।
कजवेमा आएको बाढीबाट बिद्यालय जाने बिद्यार्थी, कार्यालय जाने कर्मचारी, ब्यापारी, सर्वसाधारण सबैलाई बाढीको कारण रोकिनुपर्दा समयमै गन्तब्यमा पुग्न सक्दैनन् । २ घण्टासम्म बाढी घट्ला र जाउँला भनि नदीको किनारमा बसेको स्थानीय समाजसेवी राजु खड्काले बताउनु भयो । साथै वर्षाको समयमा बिशेषगरी सुत्केरी महिला, सिकिस्त बिरामीलाई समयमा ठाउँमा उपचार गर्न पु¥याउन नसक्दा अकालमा मृत्यु हुने अवस्था छ ।
बाणगंगा ९ भर्लावासबाट बुटवल र तौलिहवाका लागि सानाठूला गरी ७ वटा गाडीहरु छुट्ने गर्दछन् । यस कजवे पुलमा आएको बाढीले हरेक वर्ष मोटरसाईकल, मानिस, गाईवस्तु बगाउने गरेको छ । यसतर्फ सरोकारवाला निकाय तथा जनप्रतिनिधीलाई ध्यानाकर्षण गराउदा समेत सरकारी निकायको ध्यान जान नसक्नुले भलवाडबासी चिन्तित छन् ।

प्रकाशित मिति : १० भाद्र २०७५ आइतबार ००:००  ५ : २१ बजे