१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शितगंगाको दरबन्दी मिलानको कार्य अन्तिम चरणमा



गणेश बेल्बासे, अर्घाखाँची ।
यस अघि नै टुङगी सक्नुपर्ने नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको विषय अन्तिम चरणमा पुगेको छ । शितगंगा नगरले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानका लागि साउन भित्रै तोके पनि हुन सकेको थिएन ।
स्थानिय तहलाई सामुदायिक विद्यालयहरुको दरबन्दी मिलान गर्न पाउने कानुनी प्रावधान भए पनि यो विषय कार्यान्वयन गर्न नसक्दा अन्यौलमा रहेको थियो । स्थानिय जनप्रतिनिधीहरुको आ(आफ्नै तर्कहरुले यस विषयलाई अझ अन्योल सिर्जना गरेको थियो । विभिन्न वडाका वडा अध्यक्षहरुसगँको कुराकानी अनुसार दरबन्दी मिलानको विषय लाई केही समय पछि सार्ने दाउमा थिए भने कतिपयले कुनै पनि हालतमा गर्नुपर्छ भन्नेमा थिए ।
विभिन्न वडाका वडा अध्यक्षहरु बिच नभएका एकरूपताले जनमानसमा आशंका थपेको थियो । अर्को्तिर भने मिलानमा परेका कतिपय शिक्षकहरु पनि दोधारमा थिए । आफु कार्यरत विद्यालयमा खासै रुची साथ शिक्षणमा सहभागी थिएनन भने दरबन्दि थप भएका विद्यालयहरुले मिलानबाट शिक्षक आउने भएपछि निजी स्तरका शिक्षक भर्ना गरेका थिएनन । यस विषयले दुबै तर्फका विद्यालयहरुको शैक्षिक गुणस्तर झन् झन् खस्कीने हो की भन्ने डर थियो ।
तर अब भने नगरको शिक्षक दरबन्दी मिलान कार्य अन्तिम चरणमा पुगेको छ । सम्भवत यो महिनाको तेस्रो हप्ता भित्र शिक्षकहरु दरबन्दी मिलान भएका विद्यालयमा पुग्ने गरी तयारी थालेको नगर शिक्षा शाखाले जनाएको छ । कार्यदलले शिक्षक दरबन्दी मिलान अन्तिम चरणमा पुगेको बताएको छ ।
शितगंगा नगर कार्यालयले शिक्षा क्षेत्रका पेशागत संघसंगठनहरु, स्थानिय जनप्रतिनिधी, स्रोतव्यक्ति र अन्य शिक्षा सरोकारका सम्वन्धीत व्यक्तिहरु संग निकै लामो छलफल गृहकार्य योजना सहित नगरको दरबन्दी मिलानका थुप्रै छलफल चलाए पनि उक्त छलफल र निर्णयबाट यो चरणमा पुगेको हो ।
यहि मिति २०७५र०५र३ र ४ गते बसेको विद्यालय समायोजन तथा दरबन्दि मिलान कार्यदलको निर्णय अनुसार अब मिलानको सूचीमा परेका शिक्षकलाई आफु जान चाहेको विद्यालयको प्राथमिकताक्रम तोकी शिक्षा शाखाबाट उल्लेखित गरिएको विवरण भरी बुझाउन सम्बन्धित स्रोत व्यक्तिहरु लाई जानकारी गराईएको शिक्षा शाखा प्रमुख माधव बन्जाडे जानकारी दिनुभयो । यस कार्य पश्चात नगरले कम दरबन्दिका कारण सामुदायिक शिक्षालयको अवस्था खस्कदै गईरहेको अवस्थालाई शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा राखेको उहाँले बताउनुभयो ।

कतै शिक्षक अभाव, कतै विद्यार्थी अभावले चलेका विद्यालयहरुलाई विद्याथीं संख्याका आधारमा दरबन्दी मिलानको प्रयास कार्यान्वयन हुन सक्दा दरबन्दी मिलानको विषय विचैमा सेलाउदै जाने हो की भन्ने आशंका मेटिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५ सोमबार ००:००  १ : ५३ बजे