१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिद्धार्थ क्याम्पस अब आंगिक क्याम्पसमा रुपान्तरण हुने



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको सिद्धार्थ क्याम्पस आंगिक क्याम्पसको रुपमा रुपान्तरण हुने भएको छ । दशकौ देखि जिल्लाको वाणगंगा नगरपालिकाको बुङ्चीमा सञ्चालन हुदै आएको सिद्धार्थ क्याम्पस आंगिक क्याम्पसको रुपमा रुपान्तरण हुने थालेको हो । यसै बर्ष भित्र क्याम्पस मध्यपश्चिमाञ्चल विश्व विद्यालय अन्तरगतको आंगिक क्याम्पस हुने प्रदेश सांसद विष्णु पन्थीले जानकारी दिनुभयो ।

क्याम्पसलाई आंगिक क्याम्पस बनाए संगै स्नातक तह सम्म कृषि अध्ययन हुने गरि कार्य थालनी गरिने सांसद पन्थीले मायादेवी अनलाइनलाई बताउनुभयो ।

जिल्लामा हाल त्रिभुवन विश्व विद्यालय अन्तर्रगत सिद्धार्थ क्याम्पस सहित ८ क्याम्पस सञ्चालन हुँदै आएका छन । पछिल्लो समय वाणगंगा नगरपालिका भित्र दुई वाणिज्य संकाय अध्ययन हुने गरि दुई क्याम्पस सञ्चालनको तयारीमा छन् ।

क्याम्पसको संख्यामा बृद्धि भएपनि जिल्लामा अझै आंगिक क्याम्पस स्थापना हुन सकेको थिएन । लामो समय देखि जिल्लामा आंगिक क्याम्पसको माग उठेपनि पुरा हुन् नसकेको हो ।

जिल्लाको उत्कृष्ट क्याम्पसको रुपमा लिइने सिद्धार्थ क्याम्पस आंगिक क्याम्पसको रुपमा रुपान्तरण भए संगै जिल्लाबासीमा खुसी थपिने आशा विद्यार्थी नेताहरुको छ ।

पछिल्ला केही बर्ष यता क्यूएए मान्यता पाएको सिद्धार्थ क्याम्पसले प्राविधिक शिक्षा सञ्चालनको तयारी पनि थालेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५ सोमबार ००:००  १ : ५४ बजे