१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कृषि मन्त्री पौडेललाई पितृशोक



बाँके ।
प्रदेश नम्बर पाँचका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई पितृशोक परेको छ । बाँकेको कोहलपुर नगरपालिका–१३ चप्परगौरी निवासी मन्त्री पौडेलका ७१ बर्षिय बुवा बाबुराम पौडेलको गएराती निधन भएको हो ।

लामो समयदेखि घाटीको समस्याबाट पीडित बाबुरामको भारतको लखनउमा उपचारका क्रममा राती ११ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको आजै दिउँसो राप्तीनदीको अगैयाघाटमा अन्त्यष्टि गरिएको छ । बाँकेका साँसद, नेता, समाजसेवि, बुद्धिजिवी लगायतले अन्तिम यात्रामा सहभागिता जनाउँदै परिवारप्रति समवेदना प्रकट गरेका छन् । बाबुरामका श्रीमति, एक छोरा र तीन छोरी छन् । मन्त्री आरती पौडेल जेठी सन्तान हुनुहुन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५ सोमबार ००:००  ५ : ३४ बजे