१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

ने क पा अर्घाखाँचीको अध्यक्षमा भुसालको नाम सिफारिस



प्रेमनारायण आचार्य, अर्घाखाँची ।
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझिको नाम सिफारिस भएको छ ।
कार्यदलले बौद्धिक र निष्ठावान नेताको रुपमा जिल्लामा स्थापित भुसालको नाम सर्वसम्मत अध्यक्षमा सिफारिस गरेको छ । उहाँले नेकपाको नेतृत्व गर्ने भएपछि पार्टीको तल्लो तह सम्मका कार्यकर्ता निक्कै उत्साही भएका छन् । त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका भुसालको आगमनले पार्टी बौद्धिक दिशामा अग्रसर हुने अधिकांशको बुझाइ छ ।
२०५४ सालदेखि निरन्तर जिल्ला कमिटीमा रहेर नेतृत्वदायी भुमिका खेलेका भुसालले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको रुपमा रहि लामो समयदेखि काम गर्दै आएका थिए ।
०५४ सालमा २५ वर्षको उमेरमा तत्कालीन बाँगी गाविसको निर्वा्चित अध्यक्ष बनेका भुसालले त्यहाँको विकास र जनसेवामा योगदान पु¥याएका थिए ।
तत्कालीन एमाले पदाधिकारीको विरोध
नेकपाको नेतृत्वका लागि पिताम्बर भुसालको नाम सिफारिस भएपछि तत्कालीन नेकपा एमाले भित्र विवाद चुलिएको छ ।
जिल्ला कमिटी भित्र छलफल निर्णय गरिएको भन्दै तत्कालीन एमाले जिल्ला पदाधीकारीको बैठक बसि नेताहरुले तत्काल निर्णय सच्याउन आग्रह गरेका छन् ।
तत्कालीन नेकपा एमालेका कार्यवाहक अध्यक्ष जिवनारायण कोइरालाको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधी–विधान विपरित र स्थापित मान्यता विपरित मनोमानी ढंगले कार्यदलमा नाम सिफारिस गरिएको भन्दै आपत्ती जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७५ मंगलबार ००:००  २ : २५ बजे