१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

नेपाल कम्युनिष्ट पार्टीद्वारा कञ्चनपुर घटनाको विरोध



काठमाडौ ।
नेपाल कम्युनिष्ट पार्टीले बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीको अनुसन्धानप्रति असन्तुष्टी जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी दोस्रो राष्ट्रिय सम्मेलन तयारी समितिका सह–संयोजक लोकनारायण सुबेदीले मंगलबार विज्ञप्ती जारी गरी कञ्चनपुर घटनामा दोशीलाई कारवाही गर्नुपर्नेमा प्रहरीले अनुसन्धान पितलो बनाएको आरोप लगाएका छन् ।

बालिका बलात्कारपछि हत्या गरिएको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जना सन्नी खुनाको मृत्यु भएको र दुई दर्जन मानिसहरु घाइते भएको घटनालाई उसले निन्दनीय भनेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘न्यायपूर्ण आन्दोलनमा लाग्दा जनतामाथि गोली बर्षाउने घोर दमनकारी र निन्दनीय कार्यको न्यायिक छानबिन र दोषीमाथि कडा कारबाही होस मृतकका परिवार एवं पीडितलाई यथेष्ठ क्षतिपूर्ति प्रदान गरियोस तथा शान्तिपूर्ण बिरोध तथा प्रदर्शनहरुमाथि दमन बन्द गरियोस् भन्ने नेकपा जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : १३ भाद्र २०७५ बुधबार ००:००  २ : ५३ बजे