११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

थाइल्याण्डका प्रधानमन्त्री काठमाडौँमा



काठमाडौँ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुग्नुभयो ।
उहाँलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।
थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  ५ : ०२ बजे