१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बङ्गलादेशका प्रधानमन्त्री हसिनाको काठमाण्डौं आगमन



काठमाडौँ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुग्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।
बङ्गलादेशका प्रधानमन्त्रीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले स्वागत गर्नुभएको थियो । (रासस)

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  ५ : ०७ बजे