२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

“प्रदेश सरकारको काम छैन भन्नु गलत हो”



दाङ ।
प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्ध बनाउन प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
दशौँ अन्तर्रा्ष्ट्रिय गिद्ध संरक्षण तथा सचेतना दिवसका अवसरमा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले विहीबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले परिवर्तनविरोधी शक्तिले प्रदेश सरकारको कुनै काम नभएको भनी भ्रम सिर्जना गर्नु गलत भएको धारणा व्यक्त गर्नुभयो ।
सभामुख घर्तीले समृद्धिका लागि तीन तहका सरकारको भूमिका उतिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय र केन्द्रीय सरकारलाई जोड्ने काम प्रदेश सरकारले गर्छ भन्नुभयो ।
अहिले स्थानीय, प्रदेश र केन्द्रीय सरकारले कानून निर्माण गरिरहेको बताउँदै उहाँले कानून निर्माण गर्दा तीनै तहको सरकारको भूमिका स्पष्ट खुल्ने विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १५ भदौ २०७५ शुक्रबार ००:००  २ : ४२ बजे