५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कक्षा १० पास नगरेको एक गाउँको कथा !



अशोक पौडेल, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा एउटा यस्तो गाउँ छ, जहाँ हालसम्म त्यो गाउँबाट कसैले कक्षा १० पास गरेका छैनन् । सुन्दा पत्याउन निकै गाह्रो हुने यो विषय बाणगंगा वडा नं. ८ सिसेनी गाउँको हो । करिव ४० घरधुरी रहेको गाउँमा कक्षा १० पास गर्नै नसकेका भने होइनन् । गाउँका प्राय सबै कक्षा ७÷८ सम्म पढेर छोड्ने गरेका छन । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँमा कसैले कक्षा १० पास गरे बाजागाज र फुलमाला सहित निकाल्ने योजना गाउँको बुढापाकाहरुको छ । गरिवीका कारण धेरै पढन गाह्रो हुने भएकाले कक्षा ७÷८ सम्म पढेर घर खर्च जुटाउने काममा त्यहाँका बालबालिका लाग्ने गरेका छन् । बाणगंगा नदी नजिक भएकाले कोही त्यहाँ त कोही ज्याला मजदुरी गरी जिविकापार्जन गर्नुपर्ने गाउँको बाध्यता रहेको छ । उक्त गाउँमा करिव ६० जना बालबालिका बिद्यालय जाने उमेरका रहेका छन् । जसमध्ये १५ जना बालबालिकाले हाल कक्षा छ, सात र आठमा अध्ययन गर्दै आएको भएपनि गाउँले समाजसेवीहरुकै दवाव र आग्रहमा बिद्यालय गई पठनपाठन गर्न लगाइएको छ ।

बिस्तारै पढनुपर्छ भन्ने महशुस गरे पनि हाल कक्षा ७÷८ मा पढेका बालबालिकालाई कक्षा १० पढाउने चाहना रहेकाले सोही बमोजिम सल्लाह सुझाव तथा सहयोग गरेको गाउँका समाजसेवी सौकत अलीले बताए । छोरीलाई नपढाउने र छोराहरुलाई १२÷१३ बर्षको उमेरपछि घर खर्च जुटाउन खोलामा काम गर्न पठाउने परम्परा रहेको अली बताउँछन । सो गाउँबाट हाल तीन जना बिदेश गएका छन भने पुरुष प्राय सबै जाने क्रममा समेत छन ।

गाउँबाट जसले सबैभन्दा पहिला कक्षा १० पास गर्छ, उसलाई बोडगाउँबाट चार नं. जितपुर र बनगाई सम्म अबिर माला लगाई ¥याली निकाल्ने चाहाना आफनो रहेको उनी बताउँछन । वडाका अन्य गाउँ भन्दा सिसेनी गाउँपछि परेको स्वीकार गर्दै वडा नं. ८ का वडा अध्यक्ष गुणनिधि भुसालले अवका बिकासका योजना सोही गाउमा केन्द्रीत गरिने बताए । सोही गाउँमा मद्रसा शिक्षा र कक्षा तीनसम्म प्रावि सञ्चालनमा रहेको छ । त्यहाँका बालबालिका वडाको लागि गहना भएकाले सबै बालबालिकालाई बिद्यालयसम्म पु¥याई उच्च शिक्षाका लागि वडाले समेत पहल गर्नुका साथै सहयोग गर्न तयार रहेको अध्यक्ष भुसालले बताए ।

सडक छेउको बिकास लाई आधार मानेर बिकास भएको मान्नु मुर्खता भएको बताउँदै उनले गाउँघर भित्रको बिकासलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाई छ । बिकासका दृष्टीले समेत वडाका अन्य गाउँभन्दा पछि परेको उक्त गाउमा सडकको बिस्तार गर्न ब्यवस्थित गर्न आवश्यक रहको उनी बताउँछन । बासका पोल बनाई गाउँमा बिद्युत त आयो तर पोल हालसम्म आएको छैन । उक्त गाउँमध्ये २ घरको मात्र नम्बरी जग्गा रहेको छ भने अन्य सबै बाणगंगा नदी किनारको अ‍ैलानीजग्गा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७५ शुक्रबार ००:००  ७ : ५३ बजे