१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

नेकपाका वरिष्ठ नेता नेपाल अमेरिका प्रस्थान



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि नेता नेपाल बिहिबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।
अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट पनि हुने नेता नेपालको सचिवालयले जनाएको छ। नेता नेपाल यही भदौ २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १५ भाद्र २०७५ शुक्रबार ००:००  ९ : ३० बजे