६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

बंगलादेशी प्रधानमन्त्री हसिना स्वदेश प्रस्थान



काठमाडौं ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता हुनुभएको छ ।
बंगलादेशी प्रधानमन्त्री हसिनालाई शुक्रबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले बिदाई गर्नुभएको हो ।
बिमस्टेकको चौथो शिखर सम्मेलनको समापनपछि आजै अन्य केही विशिष्ट पाहुनाहरु पनि स्वदेश फर्कँदै हुनुहुन्छ ।
आजै भारतीय नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि स्वदेश फर्कँदै हुनुहुन्छ ।
भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा प्रधानन्यायाधी छिरिङ वाङचुक भने शनिबार मात्र स्वदेश फर्कने कार्यक्रम रहेको छ । त्यस्तै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार स्वदेश फर्कँदै हुनुहुन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७५ शुक्रबार ००:००  ९ : ३७ बजे