२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

भारतबिरुद्धको चौथो टेष्ट क्रिकेटमा इङल्याण्ड विजयी



एजेन्सी ।

भारतबिरुद्धको चौथो टेष्ट क्रिकेटमा घरेलु टोली इङल्याण्ड ६० रनले विजयी भएको छ । घरेलु टोलीले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारतले टेष्टको अन्तिम दिन आइतबार ६९ दशमलब ४ ओभरमा अलआउट हुँदै १८४ रन मात्र बनाउन सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वा्धिक ५८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अजिन्क्या राहनेले ५१ रन बनाउँदा रबिचन्द्र आश्विन २५ तथा शिखर धवनले १७ रन बनाए । भारतलाई सस्तैमा समेट्न इङल्याण्डका मोइन अलिले ४ तथा बेन स्ट्रोक्स र जेम्स एन्डरसनले समान २–२ विकेट लिए ।

इङल्याण्ड आफ्नो दोस्रो इनिङसमा अलआउट हुँदै २ सय ७१ रन जोड्न सफल भएको थियो । ९६ दशमलब १ ओभरमा अलआउट हुनुअघि इङल्याण्डका लागि जोस बट्लरले ६९ रन जोड्दा कप्तान जोए रुटले ४८ रनको योगदान दिए । यस्तै स्यामुएल कुरनले ४६ रन बनाए । बलिङतर्फ भारतका मोहमद शामीले ४ विकेट लिँदा इशान्त शर्माले २ विकेट लिएका थिए ।

बम बम
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङल्याण्डले आफ्नो पहिलो इनिङसमा २४६ रन जोडेको थियो । यस्तै भारतले पहिलो इनिङसमा २७३ रन बनाएको थियो । जितसंगै इङल्याण्डले पाँच खेलको टेष्ट सिरिजमा ३–१ को अग्रता बनाएको छ । दुई टोलीबीचको अन्तिम तथा पाँचौ टेष्ट शनिबार लण्डनमा सुरु हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७५ सोमबार ००:००  २ : ५४ बजे