२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

प्रिमियर लिगमा आर्सनलले कार्डिफलाई हरायो



एजेन्सी ।

प्रिमियर लिगको गएराति भएको खेलमा आर्सनलले कार्डिफ सिटीलाई पराजित गर्दै आफ्नो दोस्रो जित निकालेको हो । कार्डिफको घरेलु मैदानमा भएको खेलमा आर्सनलद्वारा कार्डिफ ३—२ गोल अन्तरले पराजित भएको हो । आर्सनललाई जित दिलाउन आर्सनलका साकोर्डन मुस्ताफी, पेरिक एम्रिक आबुमियाङ र एलेक्जेन्डर लाकाजेट्सले १—१ गोल गरेका हुन् । आर्सनलविरुद्ध कार्डिफका भिक्टर कमारासा र डानी वार्डले १—१ गोल फर्काएका थिए ।

खेलको ११ औं मिनेटमा आर्सनलका मुस्ताफीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको पहिलो हाफमा थप गरिएको २ मिनेटमा कार्डिफका भिक्टर कमारासाले गोल गर्दै खेल १—१ को बराबरीमा पुर्याएका थिए । पहिलो हाफ १—१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै आर्सनलले महत्वपूर्ण जित निकालेको हो ।

खेलको ६२ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई १ गोलको अग्रता दिलाए । ७० औं मिनेटमा कार्डिफका वार्डले गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । तर, खेलको ८१ औं मिनेटमा लाकाजेट्सले आर्सनलका लागि निर्णायकगोल गर्दै आर्सनललाई जित दिलाए ।

खेलसँगै आर्सनलले प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । ४ खेलमा २ खेल जितेको आर्सनलले ६ जोडेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७५ सोमबार ००:००  २ : ५६ बजे