१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वाह सन्दीप, वाइवाइ नेपाल



एजेन्सी ।
नेपालले हङकङसंगको पराजयपछि एसिया कप खेल्न नपाए पनि लेग स्पिनर सन्दिप लामिछानेले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिन सफल भएका छन् ।छनोटमा सनसनीपूर्ण प्रदर्शन गरेका लामिछानेले हिजो हङकङविरुद्धको अन्तिम खेलमा ५ विकेटसंगै १४ विकेट हात पारेका हुन् । जसमा दुई मेडन ओभर थियो भने जम्मा २७ रन खर्चिएका थिए ।
पहिलो खेलमा विकेट हात पार्न नसकेका उनले यूएईसँगको दोस्रो खेलमा ४ विकेट , मलेसियासँगको तेस्रो खेलमा २ र सिंगापुरसँगको चौथो खेलमा ३ विकेट लिए ।
प्रतियोगिताभर ५ खेल खेलेका सन्दीपले ४६ ओभर बलिङ गर्दै सर्वा्धिक १४ विकेट लिएर १ सय ३३ रन खर्चिए । हिजोको पराजयसंग एसिया कपमा भारत पाकिस्तान लगायतसंग खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५ बुधबार ००:००  ३ : २८ बजे