२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

साफ च्याम्पियनसीपमा आज नेपालले बङ्गलादेशको सामाना गर्दै



काठमाडौँ ।
साफ च्याम्पियनसिपअन्तर्गत आज अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।
समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि आजको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन ।
नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेश विरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । नेपालले दुई खेलमा एकमा हार र एकमा जित निकाल्दै तीन अङ्कसाथ समूहको तेस्रो स्थानमा छ । समूहको पुछारमा रहेको भुटानले दुई खेलमा कुनै अङ्क जोडेको छैन । भुटान समूह चरणबाटै बाहिरिसकेको छ । नेपाललाई सेमिफाइनलमा पुग्न पहिलो विकल्प बङ्गलादेश विरुद्ध स्पष्ट जीत हासिल गर्नु पर्नेछ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको बिजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ ।
भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बङ्गलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि अर्को खेलमा पाकिस्तानले जीते नेपालले बङ्गलादेशविरुद्ध जीत निकाल्नै पर्ने हुन्छ । यदि आज हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित ग¥यो र नेपाल बङ्गादेशसँग हा¥यो भने पाकिस्तान र बङ्गलादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ ।
समग्रमा बङ्गलादेशलाई बराबरी अथवा जीतले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जीत दर्ता गरे अर्को चरण पुग्ने पक्का छ । बङ्गलादेशले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो जीत निकालिसकेको छ । अब समूहको अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १२ : ५३ बजे