१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कालीगण्डकी करिडोर चार महिना पछि खुल्यो



शिवलाल सुवेदी, गुल्मी ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर चार महिना पछि खुलेको छ । करिडोर अन्र्तगतको रिडी रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडाई बनाएपछि सोमवारदेखि सडक खुलेको हो । गत बैशाख २० गतेदेखि नेपाली सेनाले खन्न शुरु गरेका उक्त खण्डको ८ किलो मिटरको सडकलाई १० मिटर चौडाई पारिएको छ ।

कालीगण्डकी करिडोर अन्र्तगतको ८ किलोमिटर सडक १० मिटर चौडाई भएपनि सोमवार नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शुभारम्भ गरेका छन् । कालीगण्डकी करिडोर सडक योजना रिडी–रुद्रवेणी सर्वाजनिक यातायात शुभारम्भ गदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली सेनालाई धन्यवाद समेत दिएका छन । तोकिएकै समयमा नेपाली सेनाले सडक चौडा पार्ने काम सम्पन्न गरेको छ उनले भने ‘राष्ट्रिय गौरवको आयोजना भएकाले यस सडक छिट्टै कालोपत्रे लगायत अन्य सम्पन्न हुन्छ ।’

सडक निमार्ण गर्ने जिम्मा नेपाली सेना कालीगण्डकी करिडोर निमार्ण कार्यदलले पाएको थियो । सडक चौडा पार्ने कामको जिम्मा पाएको नेपाली सेनाले तोकिएकै समयमै पुरा गरेको हो । कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी खण्डलाई सेनाले १० करोडमा जिम्मा लिएको हो । बैशाखदेखि सडकको निमार्ण काम शुरु गरिएपछि उक्त सडकखण्ड भएर आवज–जावत गर्ने सवारीका साधनहरु लामो र वैकल्पिक सडक भएर आफ्नो गन्तब्यमा पुग्ने गरेका थिए ।

नेपाली सेनाले तोकेको समयभन्दा छिटो सडकलाई चौडाई पार्ने काम सम्पन्न गरेर सडक सञ्चालनमा आएपछि यस क्षेत्रमा चल्ने सवारी धनी तथा चालकहरुमा खुसीयाली छाएको छ । वाटो फराकिलो वनाउने भन्दै बन्द भएपछि ४ महिनासम्म लामो सडक प्रयोग गर्दा हैरान भएका थियौ सवारी चालक रमेश घर्तीले भने‘ अव धेरै सजिलो र कम समयमा पुगिने भइयो ।’ उनका अनुसार अन्य सडक भएर आवज–जावत गर्दा समय धेरै लाग्ने तथा अप्ठारो सडकमा सवारी हिडाउनु परेको गुनासो गरे । सडक खण्ड बन्द हुदाँ त्यस क्षेत्रका सर्वसाधारणहरुले जिल्लाको सदरमुकाम तम्घास तथा छिमेकी जिल्ला स्याङ्जाको लामो सडक प्रयोग गरिरहेका थिए ।

उक्त सडक जिल्लाकै अति ब्यस्त र सबैभन्दा बढी सवारीका साधनहरु आवतजावत गर्ने सडक हो । यता करिडोर निमार्ण कार्यदलका प्रमुख इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईका अनुसार स्थानीय लगायत सवैको सहयोगले सडक समयमै सम्पन्न गर्न सहयोग पुगेको बताए । सडक चौडा पार्ने काम नेपाली सेनाले मात्र चाहेर समयमै सम्पन्न गर्न सकिदैथ्यो उनले भने‘ सवैको साथ र सहयोगले ४ महिनामा ८ किलोमिटर सडक चौडा भएको हो ।’ उनका अनुसार यसभन्दा अगाडि उक्त सडक ७ मिटरको रहेको थियो । कालीगण्डकी करिडोर अन्र्तगत रिडी पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला ३८ किलोमिटर गरि करिव ८० किलोमिटर सड्कको ट्याक सेनाले नै खोलेको थियो ।

करिडोर निर्माणको लागि गुल्मीमा ०७० कालिगण्डकी करीडोर सडक निर्माण कार्यदलले काम गदै आएको छ । यस्तै सोमवार नै रुद्रवेणी देखि थप १० किलोमटिर सडक चौडाई गर्नका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले रुद्रवेणीमा सडकको चौडाई पार्ने कामको शिलान्यास गरेका छन ।  शिलान्यास गदै मन्त्री ज्ञवालीले नेपाली सेनाले तोकिएकै समयभित्र उक्त सडकखण्ड पनि सम्पन्न गर्नेमा आफु आशावादी रहेको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : २२ बजे