६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

राहत शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द


२६ भाद्र २०७५ मंगलबार ००:००  

0
Shares

सूर्य चुँदाली
मायादेवी अनलाइन ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको आन्दोलनका कारण कपिलवस्तु जिल्लाका सामुदायिक विद्यालय बन्द भएका छन् । शैक्षिक हड्तालका कारण बिहानैदेखि कपिलवस्तुका सामुदायिक विद्यालय तर्फ पठनपाठन प्रभावित भएको छ ।

राहत शिक्षकको आन्दोलनका कारण कपिलवस्तुका ४ सय ३१ सामुदायिक विद्यालयको पठन पाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । केन्द्रिय समितिले राहत शिक्षकलाई बेवास्ता गरी एकतर्फी रुपमा लागु गर्न खोजेको शिक्षा ऐन, शिक्षकहरु प्रतिको विभेद तथा पेसागत हकहितको मानमर्दन भएको माग राख्दै मंगलबारदेखि ३ दिने शैक्षिक हड्ताल आह्वान गरेका हुन् । उता जिल्लाका निजी विद्यालयको पठनपाठन भने सुचारु भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ७ : ४७ बजे