१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साफ च्याम्पियनसीपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै



काठमाण्डौं । 

साफ च्याम्पियनसीप अन्तर्गत नेपाल आज इतिहास रच्ने दाउमा रहेको छ । आज दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने माल्दिभ्स विरुद्धको खेलमा नेपालले जित हासिल गर्न सके फाइनलमा प्रवेर गरेर २५ बर्षपछि इतिहास रच्ने छ ।

अहिलेसम्म सेमिफाइनल भन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ ।

पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९५, सन् १९९९, सन् २०११ र २०१३ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन ।

आज साँझ नै दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वा्धिक सातपटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसीपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  २ : ०८ बजे