९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

नेपाली यू–१९ क्रिकेट टोलीले आज भारतविरुद्ध एक दिवसीय क्रिकेट खेल्दै



काठमाण्डौं ।
१९ बर्षमुनिको नेपाली क्रिकेट टोलीलले आज आफ्नो पहिलो खेल खेल्दै छ । भारतीय क्रिकेट बोर्ड बीसीआईको निमन्त्रणामा एक दिवसीय सिरिज खेल्न केही दिन अघि भारत पुगेको टोलीले पहिलो खेलमा आज एनसीए यू–१९ सँग खेल्न लागेको हो । आजको खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्नेमा प्रशिक्षक विनोद दास ढुक्क छन् ।
यो प्रतियोगिताले भविष्यको राष्ट्रिय टोलीलाई मजबुत बनाउन थप बल पुर्याउने छ । आज भारतसंग खेल्ने नेपाली टोलीले पर्सी शुक्रबार भारतकै अर्को यू–१९ टोलीसँग खेल्ने छ भने ३१ गते अफगानिस्तान यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । ४ टिम सहभागि हुने खेलमा सबैले एकअर्का विरुद्ध खेल्नेछन् ।
नेपाली टोलीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् । त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  २ : ५१ बजे