९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

प्रतिबन्धित लागुऔषध सहित युवक पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु । 

कपिलवस्तुमा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । लुकाइ छिपाई भारतबाट प्रतिबन्धित लागुऔषध नेपाल ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको बहादुरगञ्जबाट प्रहरीले बुद्धभूमि नगरपालिका–१ निवासी सङ्गीत गौतमलाई नियन्त्रणमा लिएको हो ।

शरीरका विभिन्न भागमा लुकाएर ल्याएको स्पास्मो १६ क्याप्सुल र नाइट्रोभेट ४२ थान ट्याब्लेट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।  पक्राउ परेका गौतमलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको नायब उपरीक्षक रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  ८ : ५१ बजे