१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर



काठमाण्डौं ।
साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । बंगबन्धु रंगशालामा आज भएको सेमिफाइनल खेलमा मालदिभ्ससंग तीन–शून्य गोलले पराजित भएपछि २५ बर्षपछि फाइनलमा पुगेर इतिहास रच्ने नेपाको सपना चकनाचुर भएको हो ।
पहिलो हाफमा एक शुन्यले पछि रहेको अवस्थामा नेपालले खेलको अन्तिम समयमा थप २ गोल खान बाध्य भयो । खेलको ८४ औँ मिनेट र ८७ औँ मिनेटमा मालदिभ्सका लागि अब्दुल्लाहले दोस्रो र तेस्रो गोल गरेपछि नेपालले निरासाजनक नतिजा भोग्न बाध्य भएको हो । खेलको नवौँ मिनेटमा मालदिभ्सका इब्राहिम हसन वाहिदले सोझै फ्रिकिकलाई गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए ।
आजको खेलमा नेपालको डिफेन्स केही कमजोर देखिएको थियो भने टिमको कम्बिनेशन पनि राम्रो देखिएन । पानी परेपछि केही समय रोकिएर खेल सुरु भए पनि नेपालले गोल गर्न सकेन । फलस्वरुप नतिजा माल्दिभ्सलाई सुम्पियो । हार संगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने माल्दिभ्स साफ च्याम्पियन्सीपको फाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  १२ : ४७ बजे