२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

तीजमा साउण्ड सिष्टमको प्रयोग बढ्दो, सरकारी कार्यालय दिनभर सुनसान



मायादेवी अनलाइन, कपिलवस्तु ।

संस्कृतीमा आएको परिवर्तनको कारण तीज पर्व पनि आधुनिकता तर्फ उन्मुख भएको छ । महिला दिदीविहिनीहरुको महान पर्व तीज हरेक बर्ष आधुनिकता तर्फ उन्मुख भएको हो । पहिले पहिले तीज गीत आफै गीत गाएर र मादल बजाएर गाइने गरिन्थ्यो भने आजभोली साउण्ड सिष्टमको प्रयोग व्यापक मात्रामा गर्न थालिएको छ ।

म्युजिक ट्रया्क बजाएर तीज पर्व मनाउने चलन पछिल्लो समय कपिलवस्तुमा पनि बढेको छ । यसले मौलिकता बोकेको तीज हराउदै जाने त होइन भन्ने चिन्ता बुढापाकाहरुको छ । गत बर्षहरुमा तीजको दिन साउण्ड सिष्टमको प्रयोग गरेरै नाचगान हुदै आएकोमा यस बर्षपनि पुनः त्यहि दोहोरिएको छ ।

गाउँघर चारैतिर विद्यु्त पुगेको र बजारमा दिनप्रतिदिन सयौ गीत आउने गरेको कारण साउण्ड सिष्टमको प्रयोग बढेको हो । कपिलवस्तु बनगाईकी ७५ बर्षिया सिता विष्टले पुराना दिनमा मनाइने तीन र अहिले मनाइने तीजमा धर्ति आकाशको जति फरक भेटेको बताउनुहुन्छ ।

तीज मौलिकता बोकेको पर्व भएकोले यसको जगेर्ना गर्दै जानुपर्नेमा नागरिक अगुवाको माग छ ।

यता

नेपाली नारीहरुको महान पर्व तीजमा सरकारी कार्यालय खुलेपनि दिनभर सुनसान रहे । सरकारले बुधबार तीजको अवसरमा सरकारी विदा दिएको थिएन । यद्यपि महिलाहरुका लागि भने सार्वजनिक विदा दिएको थियो ।

जिल्लाका १० स्थानीय तह खुलेपनि दिनभर सुनसान बने । यस्तै तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय, जीतपुर स्थित वाणगंगा इलाका प्रशासन कार्यालय र चन्द्रौटा स्थित इलाका प्रशासन कार्यालय पनि सुनसान प्राय रहे ।

तीजको बेला कार्यालय खुलेपनि सेवागाह्री सेवा लिन नआएको सम्बन्धित कार्यालयले रेडियो मायादेवीलाई बताएका छन । गत बर्षहरुमा भन्दा यर्ष सरकारले धेरै सार्वजनिक विदा कटौती गरेको छ । तीजको पर्सि पल्ट पर्ने पूर्णीमा दिन हरेक बर्ष विदा हुदै आएपनि यस बर्ष विदा कटौती भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५ बिहिबार ००:००  १२ : १९ बजे