५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

निरास भएर फुटबल टोली फर्कँदै



एजेन्सी ।
साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली आज स्वदेश फर्किँदैछ । बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडौ ओर्लनेछ । बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो ।
समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएको नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० को जित निकाल्यो । त्यसपछि बंगलादेशविरुद्धको खेलमा नेपालले २–० को जित निकालेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७५ बिहिबार ००:००  २ : ५८ बजे