५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपाली राष्ट्रिय फुटवल टोली स्वदेश फिर्ता



काठमाण्डौं ।
नेपाली राष्ट्रिय फुटवल टोली आज स्वदेश फर्केको छ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुबटलमा सहभागी भएर टोली दिउसो स्वदेश फर्किएको हो । फाइनल पुग्ने मात्र होइन उपाधि जित्ने सपना बोकेको टोली माल्दिभ्सविरुद्धको खेलमा नराम्ररी पराजित भएपछि निरास हुदै घर फर्केको हो ।
समूह चरणमा दुई खेलमा जित निकालेर समूह विजेता बनेको नेपाली टोली अन्तिम ४ को खेलमा हिजो माल्दिभ्ससँग ३–० ले पराजित भयो ।
सेमिफाइनलमा मौसमले साथ नदिँदा सोचे जस्तो प्रदर्शन गर्न नसकेको कप्तान विराज महर्जनले बताउनुभयो । त्रिभुवन अन्र्तराष्टिय विमानस्थलमा संचारकर्मीमाझ कुरा गर्दै महर्जनले अब आउँदा खेलका लागि अझै मेहनत गर्ने बताउनुभयो । प्रतियोगिताको फाइनलमा पर्सी शनिबार भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५ बिहिबार ००:००  ९ : ३४ बजे