१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रेस युनियन कपिलवस्तु शाखाको अधिवेशन स्थगित



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल प्रेस युनियन कपिलवस्तुको भोली हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । संघका उपाध्यक्ष किरणमान ब्रजाचार्यको अध्यक्षतामा विहीबार बसेको जिल्ला समितिको बैठकले अधिवेशन स्थगित गरेको बताइएको छ । अधिवेशन भदौ ३० गते शनिबार गर्ने भनिएको थियो संघका सचिव मणी प्रसाद गैरेले भन्नुभयो, ‘आवश्यक तयारी नपुगेको कारण अधिवेशन स्थगित गरेका छौ ।’
अधिवेशनको आवश्यक तयारी पुगेपछि मात्र अधिवेशन गरिने सचिव गैरेले बताउनुभयो । अधिवेशनको अर्को मिति छिट्टै सार्वजनिक हुने उहाँले बताउनुभयो । संघका सबै सदस्यलाई अधिवेशन स्थगित भएको र कुनै भ्रममा नपर्न उहाले आग्रह गर्नुभएको छ ।
प्रेस युनियन कपिलवस्तु शाखाको नेतृत्व अहिले गोपाल भण्डारीले गर्नुभएको छ । अधिवेशनको मिति तय भएपछि युनियन सम्बद्ध पत्रकारहरु चुनावी माहोलमा उत्रिएका थिए । तौलिहवामा हुने भनिएको अधिवेशन स्थगित भएपछि पत्रकारलाई झन चुनावी प्रचार प्रसारमा जुट्न सहज हुने भएको छ । युनियनको अध्यक्षमा अहिलेका अध्यक्ष गोपाल भण्डारी र उपाध्यक्ष किरणमान ब्रजाचार्यले दाबी गर्नुभएको छ ।
भण्डारी दुई कार्यकाल अध्यक्ष हुनु भएकोले यसपाली नेतृत्व छाड्नुपर्ने उहाँ माथि दबाब छ भने भण्डारीले अझै एक कार्यकाल आफु अध्यक्ष बन्ने चाहना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५ शुक्रबार ००:००  १२ : ४० बजे