५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पुरुष हारको पीडा महिलाले कम गर्न सक्लान ?



मायादेवी अनलाइन, कपिलवस्तु । 

आगामी १४ देखि २३ डिसेम्बरमा हुने महिला साफ च्याम्पियनसिपमा नेपालले समुह चरणमा बंगलादेश, भुटान र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशको ढाकामा गयराति सार्वजनिक गरिएको ’ड्र’ अनुसार  नेपाल समूह ‘ए’मा परेको छ भने समूह ’बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

समूह विजेता र उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । च्याम्पियनसिपको ड्र सार्वजानिक गरिए पनि खेलस्थल र समय तय भएको छैन । सम्भवतः खेल नेपाल र श्रीलंकामध्ये एक राष्ट्रमा हुनेछ ।

यसअघि पुरुष साफ च्याम्पियन्सीपमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिए पछि यसको साख जोगाउने जिम्म महिला टोलीमा हुनेछ । नेपाल भन्दा बंगलादेश, भुटान र पाकिस्तान कमजोर प्रतिद्धन्द्धी हुन । पुरुष साफ च्याम्पियन्सीप फाइनल उपाधिको लागि भारत र माल्दिभ्स बीच भोली प्रस्तिस्पर्धा हुने छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७५ शुक्रबार ००:००  ३ : ०६ बजे