२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

निर्मला पन्तका अपराधीलाई कारबाहीको माग राख्दै कपिलवस्तुमा दबाब मूलक कार्यक्रम हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको अपराधीलाई कार्रबाहीको माग राख्दै भोली वाणगंगा क्षेत्रका विभिन्न संघ संस्थाले दबाब मूलक कार्यक्रम गर्ने भएका छन । भोली विहान ११ बजे चारनम्बर जीतपुरमा दबाब मूलक कार्यक्रम अन्तरर्गत र्याली गर्ने चेतनशिल प्रतिष्ठानका तिलक पाण्डेले जानकारी दिनुभयो ।
सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थालाई कार्यक्रममा सहभागीताका लागि आग्रह गरिएको छ । निर्मला पन्तको हत्यारालाई चाडै पत्ता लगाई न्याय दिन सरकारलाई दबाब स्वरुप कार्यक्रम आयोजना गरिएको पाण्डेले बताउनुभयो ।
कञ्चनपुरकी १३ बर्षिय बालिकाको गत महिना बलात्कार पछि निर्मम हत्या गरिएको थियो । निर्मला पन्तको हत्या भएको हप्तौ वितीसक्दा पनि पिडक अझै पत्ता लाग्न सकेको छैन । हत्यारा पक्राउको माग राख्दै देशभर विरोध प्रर्दशन भैरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५ शुक्रबार ००:००  २ : ४२ बजे