८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

भीषण पहिरोले बाग्लुङको बडिगाड खोलो ५ घण्टा थुनियो, ४ वटा घरहरु डुबानमा



मायादेवी अनलाइन ।

वाग्लुङको भीमगिठे गाउँपालिका बुर्तिवाङस्थित बडिगाढ खोलो थुनिएको छ । गयराति ११ बजेतिर भीमगिठेमा भीँषण पहिरो खसेपछि बडिगाड खोलो ५ घण्टा थुनिएको हो । बुर्तिवाङको सीमानाको तिरतिरे (भरेङ डाँडा)मा भीषण पहिरो खसेर बडीगाड खोला थुनिएपछि त्यसदेखी तलको भाग भिङगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजार देखी रुद्रबेणी सम्मका तटीय भाग जोखिममा परेको हो ।

 गुल्मीको मुसीकोट र सत्यावती गाउपालिका जनता पनि त्रासमा परेका त्यहाँका पत्रकार कमल पौड्यालले जानकारी दिनुभयो ।खोला थुनिएपछि ढोरपाटन नगरपालिका २ को सिमलचौर क्षेत्रका ४ वटा घरहरु डुबानमा परेको स्थानीयबासिन्दाले बताएका छन् । ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट निकै त्रसित बनेका छन् ।

उहाँका अनुसार खर्बाङ बजारका सबै मानिसहरु रातभर जाग्राम अवस्थामा रहेका थिए । खोलो थुनिएपछि त्यस क्षेत्रमा त्रास उत्पन्न भएको छ ।बाग्लुङका प्रमुख जिल्ला अधिकारीले दिनु भएको जानकारी अनुसार केही समयअघि पानी ओभर फ्लो भएर बग्न थालेकाले ठुलो त्रास र क्षति टरेकोले चिन्ता नगर्न नदी तटीय क्षेत्रका जनतालाई आग्रह गर्नुभएको छ ।बढीगाड थुनिएको स्थान बाग्लुङ्ग सदरमुकामबाट ८५ किलोमिटर उत्तर पश्चिम र गुल्मी सदरमुकामबाट ४५ किलोमिटर दूरीमा पर्दछ ।  घटना राति भएकाले पुरै जानकारी आएको छैन । अहिले त्यहाँ सुरक्षाकर्मी र स्थानीय जम्मा भएका छन् । अहिलेसम्म कुनै जनधनको क्षति भएको छैन । 

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  १२ : ४१ बजे