११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

नेपालगञ्जमा तरकारीको माग बढ्दो



नेपालगञ्ज ।
शहरीकरण सँगै नेपालगञ्जमा तरकारीको माग पनि बढ्दै गएको छ । विभिन्न जिल्लाबाट व्यापार, बसोवास, शिक्षा तथा जागिरका लागि बसोवास गर्न यहाँ आउनेको सङ्ख्या बढदै गएको हो ।
विशेषतः प्रदेश नं ५ र कर्णाली प्रदेशका बर्दिया, दाङ, दैलेख, रुकुम, प्युठान, सुर्खेत, सल्यानबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढी छ । नेपालगञ्जमा केही सङ्ख्यामा चितवन, पर्वत तथा गुल्मीबाट व्यापार, व्यवसायका लागि सर्वसाधारण आउने गरेका छन् ।
जनसङ्ख्या बढेपछि तरकारीको माग पनि क्रमशः बढदै गएको हो । पछिल्लो समयमा नेपालगञ्जमा भारतीय तरकारीको खपत बढी हुने भए पनि अहिले प्रदेश नं ५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट तरकारी बिक्रीका लागि ल्याउन थालिएको छ ।
त्यहाँका बासिन्दाको पहिलो रोजाइमा पहाडी जिल्लामा उत्पादन भएको तरकारी पर्ने गर्छ । तरकारी सस्तो, स्वादिलो र गुणस्तरीय भएकाले उपभोक्ताको रोजाइ त्यसतर्पm बढ्दै गएको हो ।
नेपालगञ्जमा विशेषगरी सल्यान, रोल्पा, दैलेख, सुर्खेत र दाङबाट तरकारी ल्याएर बिक्री गरिँदै आएको छ । भारतबाट मौसमी तरकारी आयात गरिन्छ । (रासस)

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : ४१ बजे