१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अण्डाको मूल्य बढ्यो, किसानलाई राहत

चितवन ।
अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन ।
नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट २६० र मध्यमको १८० रहेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।
किसानको उत्पादन लागत मूल्य प्रतिगोटा नौ पर्छ । हालको मूल्यमा ठूलो अण्डाले लागत मूल्य धानेको छ भने मध्यम अण्डाले मूल्य धान्न नसकेको कँडेलले बताउनुभयो । डेढ वर्ष अघि अण्डाको मूल्य प्रतिक्रेट ३६० सम्म पुगेको थियो । क्रमशः घट्दै आएर लागत मूल्य नधान्ने अवस्थामा पुगेको हो ।
सङ्घका सचिव मदन पोखरेल बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताउनुहुन्छ । चाडपर्व शुरु हुनु, पर्यटकको आगमन बिस्तारै बढ्दै जानु, स्कूल र कलेज सञ्चालनमा आउनु, पहाडी भेगका सडकमा गाडी चल्न थाल्नु लगायतका कारण बजारमा अण्डाको माग बढेको उहाँको भनाइ छ ।
किसानले कम मूल्य पाए पनि बजारमूल्य भने अण्डाको प्रतिगोटा १४ छ । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन खुवाउनुपर्ने भएकाले किसानले अण्डाको उचित मूल्य पाउन नसकेका हुन् ।
नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । (रासस)

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  २ : ५० बजे