१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जीतपुर–तौलिहवा सडकखण्ड थप फराकिलो बन्दै



मायादेवी अनलाइन, कपिलवस्तु ।
निर्माणधिन चारनम्बर जीतपुर–तौलिहवा सडकखण्ड थप फराकिलो हुने भएको छ । जिल्ला सदरमुकाम संग जोडिएको यो सडकखण्ड अहिले दुई लेनको बनाउने गरि काम भैरहेको छ भने अब थप स्तरोन्नति भई थप एकएक लेनको सडक बन्ने छ । यसको लागि संघीय सरकारले १८ करोड बजेट विनियोजन गरेको सांसद विष्णु पन्थीले जानकारी दिनुभयो ।
सडक विभागले पहिलेदेखि नै काम गरेको भए पनि संघिय मन्त्री परिषद्ले निर्णय नगर्दा यसको काम अघि बढ्न सकेको थिएन । भौतिक पूर्वाधार मन्त्रालयले आइतबार सडक फराकिलो बनाउने निर्णय गरेसंगै अब १५ दिन भित्र टेण्डर आह्वान हुने र यसै आर्थिक बर्षभित्र निर्माण कार्य सकिनेसांसद पन्थीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
यो सडक स्तरउन्नती संगै कपिलवस्तु र विशेष गरी सडक आसापासका जनतालाई के वातावरणीय सुन्दरता र व्यावसायिक हिसाबले धेरै फाइदा हुने छ ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  ३ : ३६ बजे