१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्मलालाई न्यायको माग गर्दै चन्द्रौटामा कालोपट्टी बाधेर मौन ¥याली



माधव बेल्वासे, कपिलवस्तु ।
कन्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाको ५४ औ दिन सम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै कपिलवस्तुका कृयासिल संस्थाहरुले सरकारको आलोचना गर्दै कालोपट्टी वाधेर मौन ¥याली गरेका छन ।
निर्मला पन्तको बलत्कार पछि भएको हत्याको घटनाको सत्यतत्य बाहिर ल्याउन सरकारलाई दवाव स्वरुप सो आन्दोलन गरिएको हो । देश भर बालिकाहरु माथी एक पछि अर्को गर्दै बलत्कारका घटना भइरहेको अवस्थामा निर्मला पन्तको बलत्कार पछि गरिएको हत्यामा संलग्न अपराधीहरु खुलियम हिडिरहेको भन्दै तत्काल अनुसन्धान गरी अपराधिलाई पक्राउ गर्न आग्रह गरिएको छ ।
दुई महिना सम्म पनि सत्यतथ्य बाहिर नआउनु तथा प्रहरीहरुको मिलोमतोमा घटनाका प्रमाण लुकाउने तथा न्यायका लागी आवाज उठाउनेहरुलाई धम्काउने जस्ता कृयाकलापकोे भ्रत्सना गर्दै निर्मला परिवारको न्यायका लागि दवाव मुलक कार्य गरिएको मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णुप्रसाद खतिवडाले वताउनुभयो ।
महिलाहरुले प्लेकार्ड वोकर हातमा कालोपट्टी वाधेर सडकमा उत्रिएका थिए । महिलाहरु माथि दमन नियन्त्रण हुन नसकेको भन्दै अपराधिलाई सरकारले लुकाउन खोज्नु गलत भएको र निर्मला परिवारले न्याय पाउनुपर्ने महिला अधिकारीर्की मिना परियारको भनाई रहेको छ ।
महिलालाई सम्मान गर, वलत्कार बन्द गर, निर्मला हत्यरालाई कारवाहि गर लगाएतका प्लेकार्ड वोकेर कपिलवस्तुको चन्द्रौटामा नागरिक सडकमा उत्रिएका हुन । निर्मला काण्डले देश नै शोकमा रहेको भन्दै युवा नेता अजय थापाले निर्मलाको वास्तविक हत्यारालाई पक्राउ गर्नुपर्र्ने वताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले निर्मला पन्त लगायतका यौन हिंसामा परेका घटनाहरुमा यथाशीघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७५ सोमबार ००:००  ४ : ४८ बजे