८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

पारिवारिक झगडाले पढ्नबाट विद्यार्थी बञ्चित, पढ्न पाउनुपर्ने माग राख्दै प्रशासनमा दिए उजुरी



मायादेवी अनलाइन, कपिलबस्तु ।
कपिलवस्तुको एक मदरसामा अध्ययनरत २७ विद्यार्थीलाई स्कुल प्रवेशमा रोक लगाएपछि शिक्षा पाउनबाट बञ्चित भएका छन् । मदरसा संचालकले मदरसा प्रवेशमा रोक लगाएपछि मायादेवी गाउँपालिका ६ डुमरामा रहेको जामिया मतउनल वलुम असरुलफिया तोहरत गल्र्स कलेजमा अध्ययनरत २७ जना बिद्यार्थी पढ्नबाट बञ्चित भएका छन् ।
गल्र्स कलेजमा अध्ययन गर्ने २७ जना बिद्यार्थीलाई गत भाद्र २६ गते देखि मदरसा प्रबेशमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आएपछि घटना सार्वजनिक भएको हो ।
गत भदौ २५ गते राति संचालक अब्दुल रहीत मदिनीका २ छोरा र उनका भतिजा र स्थानीय गाउले बिच सामान्य बिषयमा झैझगडा भएको थियो । त्यही निहुंमा डुमराका आधा दर्जन परिवारका २७ बिद्यार्थीलाई संचालकले मदरसा कलेजमा पढ्नबाट बंञ्चित गराईएको छ ।
मदरसाका मुख्य संचालक अब्दुल रहीम मदिनीले आफुहरुलाई मदरसा प्रवेशमा रोक लगाएको कक्षा १० मा अध्ययरत बिद्यार्थी हलीम तरुन्नुले बताउनु भयो ।
गत भदौ २६ गते मदरसामा पढ्न जांदा प्रिन्सीपल सहीत शिक्षक शिक्षिकाले कक्षामा प्रबेश गर्न रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा छात्रछात्राले उजुरी पत्र बुझाएका थिए ।
कक्षा ९ मा अध्ययनरत हलिमा खातुनले प्रिन्सीपल सलमा खातुन, शिक्षिका शोयबा खातुन, बसमा खातुन, अब्दुल रहीमले आफुहरुलाई मदरसामा पढ्नबाट बंचित गरिएको बताउनुभयो ।
संचालक र विद्यार्थीका अभिभावक बिच भएको सामान्य झैझगडाको चेपुवामा विद्यार्थीहरु परेपछि बञ्चितीमा परेका परिवारले मदरसामा पढ्न पाउने वातावरण बनाइदिन सरोकारवाला संग माग गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  २ : २३ बजे