५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पाँच पटकको एसियाकप च्याम्पियन श्रीलंका बाहिरियो



एजेन्सी ।  

एसियाकप क्रिकेटमा कान्छो टेस्ट राष्ट्र अफगानिस्तानले पाँच पटकको च्याम्पियन श्रीलंकामाथि शानदार जित हासिल गरेको छ । गएराती भएको खेलमा ९१ रनले पराजित भएसँगै श्रीलंकाले लगातार दोश्रो  पराजय मात्र भोगेन एसिया कपको सेमिफाइनलबाटै बाहिरिने अवस्थामा पुगेको छ । श्रीलङका पहिलो खेलमा बंगलादेशसंग पराजित भएको थियो ।

रातिको खेलमा टस जिति पहिला ब्याटिङ गरेको अफगानिस्तानले २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.२ ओभरमा अल आउट हुँदै १५८ रनमा समेटिएको थियो ।

श्रीलंकाका थिसेरा परेराले उत्कृष्ट प्रदर्शन गरेर ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन्  । अफगानिस्तानका लागि रहमत साहले ७२, इसानुल्लाह जनातले ४५, हशमतुल्लाह शाहिदीले ३७ तथा मोहम्मद शहजादे ३४ रनको पारी खेलेपछि श्रीलङ स्तब्ध भएको थियो ।

३ विकेट गुमाएर १९० रन बनाएको अफागनिस्तानले बाँकी ५९ रन जोड्दा बचेका ७ विकेट पनि गुमाएको थियो । श्रीलंकाका थिसेर परेराले ५५ रन दिएर ५ विकेट  लिएपछि खेलमा फर्किएको थियो । यस्तै अकिला धनञ्जयले २ विकेट लिए । श्रीलंकाका उपुल थरंगाले ३६ तथा  थिसेर परेराले २८ रन बनाएका थिए ।

अफगानिस्तानका रासिद खान, मुजीबउर रहेमान, मोहम्मद नावी र गुलाबदिन नहिबले समान २–२ विकेट लिए ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  ३ : १४ बजे