५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भलवाडका शोभाखर खनाल चार दिन देखि वेपत्ता



बाबुराम रायमाझी, कपिलवस्तु ।

बाणगंगा नगरपालिका वडा नं. ९ जिनुवाका शोभाखर खनाल आइतबार देखि हराउनुभएको छ । ३२ बर्षिय खनाल घरदेखि हराउनुभएको हो । हराउनु पूर्व तिजमा माईत गएकी श्रीमती खुमा खनाल संग फोनमा कुराकानी भए पछि हालसम्म पत्ता नलागेको परिवार स्रोतले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पिपरामा हराएको सूचना गरेको र प्रहरीबाट पनि सबै क्षेत्रमा खोजतलासको लागि काम गरिरहेको बताइएको छ ।

प्रहरी संगै स्थानीय गाउँलेहरुले पनि जङ्गल, नातागोता, चारैतिर निरन्तर खोजी गरिरहेको बताइएको छ ।

साथै घरपरिवारले नागरीक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षानिकाय सबैलाई खोजीकार्यमा जुट्न अनुरोध गरेका छन । हराएका खनालले हरियो टिसर्ट, खैरो पाइन्ट र चश्मा लगाएको पारिवारीक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  ११ : ५१ बजे