१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

“कुनै पनि बालबालिकालाई पढ्नकाट बञ्चित गरिएको छैन्”



इमरान खान, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको मायादेबी गाउँपालिका वडा नं. ६ डुमरामा अवस्थित रहेको जामिया मतलउल उलुम अल सल्फिया नामक शैक्षिक संस्था अर्थात मुस्लिम बिद्यालय माथि २७ जना विद्यार्थी मदरसामा पढनबाट बञ्चित भन्ने बिभिन्न सञ्चार माध्यमबाट समाचार सम्प्रेषण भएको थियो । यहाँ सम्म कि भदौ २६ गते मदरसामा पढन जाँदा प्रिन्सिपल सहित शिक्षक शिक्षिकाले कक्षामा प्रवेश गर्न नदिएको भन्दै बिद्यार्थीहरुले अरोप लगाउदै आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा उजुरी पत्र समेत दिएका थिए ।
तर सोमबार असोज १ गते जामिया मतलउल उलुम अल सल्फियाका संचालक प्रमुखले नेपाल पत्रकार महासघं कपिलवस्तु तौलिहवा शाखालाई जानकारी पत्र जारी गरी कपिलवस्तु जिल्ला मायादेबी गाउँपालिका वडा नं. ६ डुमरामा अवस्थित रहेको जामिया मतलउल उलुम अल सल्फिया नामक शैक्षिक संस्था अर्थात मुस्लिम बिद्यालयलाई अनावश्यक रुपमा बिवादमा तानी यसको संचालामा अवरोध पु¥याउने आरोप लगाएका छन ।
संचालक प्रमुख मौलाना अब्दुल रहिम मुसलमानका अनुसार अब्दुल कादिर मुसलमान, अब्दुल हकिक मुसलमान, हबिबुर रहमान मुसलमान र अब्दुल समद धोबी नामक ब्यतिmहरुले सार्बजनिक ठाँउमा कुटपिट गरी गम्भीर घाइते बनाई खुट्टामा समेत गम्भीर चोट पु¥याएकोमा सो सम्बन्धमा म अब्दुल रहिम मुसलमानले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकोमा सोको रिस इबी लि आ–आफ्नो स–साना बालबालिकाहरुलाई समेत उचाली संचालक माथि र बिद्यालय माथि अनावश्यक लाञ्छना लगाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने गराउने, बिभिन्न पत्रपत्रिकामा झुठा समाचार प्रकाशन, प्रशारण गराउने जस्ता क्रियाकलाप गरी पबित्र शैक्षिक संस्थालाई बदनाम गराउने कचेस्टा गरेको यस संस्थाको ठहर रहेको छ पत्रमा भनिएको छ ।
जामिया मतलउल उलुम अल सल्फिया नामक शैक्षिक संस्थामा कसैलाई पनि पढ्नबाट बंचित गरिएको छैन् र कुनै रोकटोक पनि गरेको छैन्, यो एउटा सामुदायिक संस्था हो । सामुदायिक ब्यवहार नै गर्ने गरिएको छ । यसमा जो पनि पढ्न पाउँछ जामिया मतलउल उलुम अल सल्फिया संचालक प्रमुख मौलाना अब्दुल रहिम मुसलमानले पत्र मार्फत जानकारी गराएका छन ।

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  ६ : ४५ बजे