५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

५० हजार राशीको अनटेष्ट कप शुरु


३ आश्विन २०७५ बुधबार ००:००  

0
Shares

शिवलाल सुवेदी, गुल्मी ।

गुल्मीमा सबैभन्दा ठुलो राशिको खुल्ला पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । सविधान दिवसको अवसर पारेर अनटेष्ट युवा क्लव तम्घास गुल्मीले जिल्लामा अहिलेसम्मकै सवैभन्दा ठुलो राशीको खुल्ला पुरुष फुटवलको आयोजना गरेको हो । बुधबार आयोजक अनटेस्ट युवा क्लब र एकता युवा क्लबबिच पहिलो खेल भएको थियो । जसमा आयोजक अन्टेस्ट युवा क्लबलाइ एकता युवा क्लबले ०–१ गोल अन्तरले पराजित गरेको छ । अनटेष्ट फुटवल कप २०७५ मा वुधवार भएको पहिलो खेलमा आयोजक अनटेष्ट युवा क्लबलाई एकता युवा क्लवले १ गोल हान्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । खेलको १७ मिनेटमा एकता युवा क्लबका क्याप्टेन समेत रहेका रमेश चुदराको पहिलो गोलनै अन्तिम गोल बन्यो ।

यस्तै वुधवारको दोस्रो खेल सिद्धबाबा युवा क्लब र फोर्टिन स्टार युवा क्लब तम्घास बिच भएको छ । दोस्रो खेलको पहिलो हापमा सिद्ववावा युथ क्लवमा ९ नम्बर जस्री लगाउने क्याप्टेन नारायण श्रीसले १० मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै खेलको २३ मिनेटमा सिद्ववावाकै जर्सी नम्बर ५ का रिजेश मल्लले गोल हानेर २ गोलको अग्रता दिलाए । शुरुदेखिनै आक्रमण र रक्षात्मक खेल खेलेको सिद्ववावाले दोस्रो हापको ११ मिनेटमा जर्सी नम्बर ७ लगाउने विनोद आलेले १ गोल गरेर आफ्नो टिमको खातामा १ गोल थपेको अनटेष्ट युवा क्लवका उपाध्यक्ष असिम खड्काले जानकारी दिए ।

यस्तै खेलको दोस्रो हापकै १४ मिनेटमा सागर श्रीसले १ गोल गरेर सिद्ववावालाई ० का विरुद्ध ४ गोलले अग्रता दिलाए भने दोस्रो हापकै २९ मिनेटमा विनोद आलेले पुन १ गोल गरेर टिमको खातामा ५ गोल र्पुयाउन सफल भए । पहिलो खेलमा रमेश चुदारा म्यान अफ द म्याप घोषित भ एभने दोस्रो खेलमा सिद्धवावाका तर्फवाट २ गोल हान्ने बिनोद आलेले म्यान अफ द म्यापको उपाधि हात पारे । सविधान दिवसको अवसरमा आयोजित खुल्ला फुटबल खेलको विजेता ले ५० हजार नगद र मेडल हात पार्नेछ भने उपविजेताले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगितामा गुल्मी, बाग्लुङ, अर्घाखाची, प्युठान, पाल्पा र रुपन्देहीका गरि १७ समुहको सहभागिता रहेको छ । प्रतियोगीताको वुधवार प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्घाटन गरेका थिए ।

बिहिवार गुल्मी युनाइटेड युवा क्लब र रुपन्देही ११ बिच बिहान ७ बजेबाट खेल शुरु हुने आयोजक क्लव अनटेष्ट युवा क्लवका उपाध्यक्ष खड्काले जानकारी दिएका छन । फुटवल ३ दिनसम्म चल्ने आयोजकले बताएको छ । प्रतियोगीतामा विभिन्न बिधामा उत्कृष्ठ हुने खेलाडीहरुलाई ३० हजार बराबरको पुरस्कार प्रदान गरिने क्लबका सचिव दिपक कुवरले बताए । २०७१ सालमा क्लवले जिल्लामै सबैभन्दा धेरै ७० हजार राशिको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता समेत सम्पन्न गरेको थियो ।

२०६६ सालमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यमा समेत आफुलाई अग्रणी स्थानमा राख्दै आएको क्लबका अध्यक्ष गोबिन्द पाण्डेयले बताए । सार्वजनिक शौचालय निर्माण, पश्चिम नेपाल बस ब्यवसायी संघ शाखा कार्यालय तम्घासको काउन्टर ब्यवस्थापन तथा मर्मत गर्नुका साथै बडागाउँको दजाकोटमा भिषण आगलागि हुँदा क्लवले ५० हजार बराबरको राहत सामाग्री वितरण गरेको पाण्डेयले बताए । क्लवले विभिन्न मेला तथा साँस्कृतिका कार्यक्रममा बिशेष भुमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  १ : ४२ बजे