२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बुद्धभूमिको चङ्घाट सञ्चार सेवाबाट बञ्चित



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको चङ्घाट सञ्चार सेवाबाट बञ्चित रहेको छ । नगरपालिकाको वडा नं. १ का अधिकांश ठाउँमा मोबाइलमा नेटवर्क नआउँने स्थानीबासीले गुनासो गरेका छन् ।

स्थानीय महेश अधिकारीका अनुसार यस ठाउँमा नमस्ते र एनसेलले टिप्दैन । यसले गर्दा सर्वसाधारण समस्यामा परेका हुन् । नजिकका पथ्थरकोट र बसन्तपुरमा टावर भएपनि समस्या मोबाइलमा समस्या हुने अधिकारीले बताउनुभयो ।

पछिल्लो समय सोसल मिडियाको पहुँच चारैतिर हुँदै गएपनि यहाँ टावरले पनि नटिप्नु कति विडम्वना कुरा होला उहाँले भन्नुभयो । मोबाइलमा टावर नआउँने र इनटरनेट चल्न नसक्दा वैदेशिक रोजगारीका लागि  विदेशीएका संग कुराकानी गर्न समस्या भएको चङ्घाटबासीले गुनासो गरेका छन ।

यस विषयमा स्थानीयले पटक पटक वडा कार्यालय र नगरपालिका लगायत सम्बन्धित निकाय समक्ष कुरा राख्दै आएपनि कुनै सुनुवाई नभएको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : ४६ बजे