४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एसिया कप क्रिकेट : भारतद्धारा पाकिस्तान ८ विकेटले पराजित



एजेन्सी ।

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४३ दशमलब १ ओभरमा १ सय ६२ रनमा अलआउट भएको थियो । उसका लागि बाबर अजामले ४७, सोयव मलिकले ४३, फहिम असरफले २१ र मोहम्मद अमिरले नटआउट १८ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमार र केदार जाधवले समान ३÷३ , जस्प्रित बुम्राहले २ र कुलदिप यादवले एक विकेट लिएका थिए । जवाफी ब्याटिङमा आएको भारतले २९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पार र्गयो ।

भारतका कप्तान रोहित शर्माले ५२ र शिखर धवनले ४६ रनको योगदान गरे भने अम्बाती रायडु र दिनेश कार्थिक समान ३१ रनमा नटआउट रहे । प्रतियोगितामा आज अफगानिस्तान र बंगलादेश बीच प्रतिष्पर्धा हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : ५४ बजे