५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित



एजेन्सी ।

इङ्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटी यो सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमा पराजित भएको छ ।

गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई फ्रान्सको लियोले २–१ ले पराजित गरेको हो । लियोले सुरुदेखिनै दवाबमा राख्दै २६ औं मिनेटमा अग्रता बनाएको थियो । लियोका लागि गेन्ली कर्नेट सुरुवाती गोल गरेका थिए । ४३औं मिनेटमा नबिल फिकरले दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २–० ले पछि परेको सिटीले दोस्रो हाफमा एक गोल फर्काए पनि हार टार्न भने सकेन ।

सिटीका लागि ६७औं मिनेटमा लोरियो सानेको पासमा डी सिल्भाले गोल गर्दै खेल २–१ मा ल्याएका थिए । त्यसपछि थप गोल हुन सकेन र लियो २–१ ले विजयी हुन सफल भयो । घरेलु मैदानमा पराजित भएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डियोला प्रतियोगिताको सुरुमै दबाबमा आएका छन् । यही समूहको अर्को खेलमा युक्रेनको शख्तर डोनेस्कले जर्मनीको होफनहाईमसँग २–२ गोलको बराबरी खेलेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  २ : ५६ बजे