५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

युरोपियन च्याम्पियन्स लिग : डेब्यूमै रोनाल्डोले पाए रातो कार्ड, तर खेल जिते



एजेन्सी ।
युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । विहीबार बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए ।

खेलको २९ औं मिनेटमा रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर बल नियन्त्रणमा लिने क्रममा भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको कपाल तानेको देखिएको थियो । भ्यालेन्सियाका डिफेन्डर मुरिलो लडेका थिए । त्यसपछि रोनाल्डोले रातो कार्ड पाए । रातो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिए पछि युभेन्टस १० खेलाडीमा सिमिति भएको थियो ।

तर भ्यालेन्सियाविरुद्ध १० खेलाडी भए पनि युभेन्टस नै हावी देखियो । युभेन्टसले दुवै गोल पेनाल्टी मार्फत गरेको हो । मिरलेम पेजेनिकले ४५औं तथा ५१औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । पेजेनिक च्याम्पियन्स लिगमा एउटै खेलमा दुई पेनाल्टी प्रहार गर्नेे खेलाडी पनि बनेका छन् ।

रियल मड्रिका लागि यसअघि क्रिष्टियानो रोनाल्डोले सन् २०१५ मा एकै पटक दुई वटा पेनाल्टीमा गोल गरेका थिए । यही समूहको अर्को खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको योङ ब्वाईज एफसीलाई ३–० ले पराजित गरेको छ । युनाइटेडको जितमा पोउल पोग्बाले २ तथा एन्थोनी मार्सेलले एक गोल गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७५ बिहिबार ००:००  ३ : ०० बजे