२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कपिलवस्तुका मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व आज कपिलवस्तुमा पनि धुमधामका साथ मनाइँदैछ । इस्लामी संवत् १४४० हिजरीको पहिलो महिना चन्द्रमाको १ तारिखदेखि शुरु भएकोे मोहर्रम पर्व १० तारिखसम्म मनाइने गरिन्छ । हिजो मुस्लिम समुदायले आ–आफ्नो घरमा ताजिया स्थापना गरेका छन् । ताजिया आज नजीकको करबलामा सेलाउने प्रचलन छ ।
यो पर्वमा विपन्नलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान (सबिल) गर्ने चलन छ । यस पर्वमा आगोमा हिँड्ने, फलामको जञ्जिरले आप्mनो शरीर पिट्ने, शरीरमा स–साना छुराले हान्ने गरी दुःख मनाइने चलन छ ।
इस्लामिक पहिलो महीनाको चन्द्रमाको नौ तारिखको साँझ ताजिया स्थापना गर्ने र १० तारिख चाँदको दिन दिउँसो बाजागाजाका साथ स्थानीय करवलामा लगेर विसर्जन गर्ने चलन रहेको बताइएकोे छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ३८ बजे